खेलकुद

म्यानचेष्टर युनाइटेडको जित


काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई पराजित गरेको छ । युनाइटेड आइतबार राति भएको खेलमा लिड्सलाई ४–२ ले हराउँदै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ ।

युनाइटेडले ३४औँ मिनेटमा ह्यारी म्यागुएरको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समय ब्रुनो फर्नान्डेजले युनाइटेडको अग्रता दोब्बर बनाए । ५३औँ मिनेटमा लिड्सका रोड्रिगोले अन्तर कम गरे । त्यसको एक मिनेट बित्न नपाउँदै राफिन्हाले बराबरी गोल फर्काए ।

७०औँ मिनेटमा फ्रेडको गोलबाट युनाइटेडले पुनः अग्रता लियो । खेल सकिन दुई मिनेट बाँकी हुँदा एन्थोनी इलान्गाले अर्को गोल थपेपछि युनाइटेडले सहज जित दर्ता गर्‍यो ।

जितसँगै युनाइटेडले २६ खेलबाट ४६ अंक जोडेको छ । जुन तेस्रो स्थानको चेल्सीभन्दा चार अंकले पछाडि हो भने पाँचौँ स्थानको वेस्ट ह्यामभन्दा चार अंकले अगाडि हो । समान ४२ अंक जोडेका वेष्ट ह्याम र आर्सनल क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् ।

आर्सनलले युनाइटेड र वेस्ट ह्यामले भन्दा तीन खेल कम खेलेको छ । चेल्सीले युनाइटेडभन्दा एक खेल कम खेलेको छ । पराजित लिड्स युनाइटेड २३ अंकका साथ १५औँ स्थानमा छ । जुन रेलिगेसन क्षेत्रको वाटफोर्ड भन्दा पाँच अंकले माथि हो ।