राजनीति

‘रणभूमि’ बन्दा यस्तो देखियो बानेश्वर क्षेत्र (भिडियोसहित)


काठमाडौँ — सत्ता गठबन्धनले अघि बढाएको एमसीसीविरुद्ध बानेश्वर क्षेत्रआज रणभूमि नै बन्यो । आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच पटक पटक दोहोरो भिडन्त भएपछि कयौं घाइते भएका छन् । कस्तो थियो त आज बानेश्वरको तनावग्रस्त अवस्था ?

अमेरिकी सहयोग परियोजना अनुमोदनको प्रस्ताव संसद्भित्र पेश हुँदै गर्दा संसद्को बाहिरको बानेश्वर चोक रणभूमि बन्यो । हजारौंको संख्यामा उर्लिएको जनभिडले परियोजनाटेबल गर्नै नदिने गरि अवरोध गर्ने तयारी गरेको थियो । तर सुरक्षा फौज बाधक बनेपछि सडकमै टाउका फोडाफोड भयो ।

बानेश्वरका सडक पेटीमा विछ्याईएका इट्टा र सहरी सुन्दरताका लागिरोपिएका रुखहरुसमेत भाँचेर प्रदर्शनकारीले प्रहरीमाथि प्रहार गरे । पेट्रोल बम र घातक ग्यास प्रहार गरियो । प्रतिवादमा प्रहरीले समेत अश्रुग्यास र ढुंगामुडा गर्दै जाईलाग्यो । भीड नियन्त्रण गर्न प्रहरी असफल भएपछि गोली प्रहारकै अवस्था आयो । भागदौडमा कयौं घाइते भए ।

प्रदर्शनमा अधिकांश सत्ता गठबन्धनकै नेता कार्यकर्ता थिए ।नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताले संसद्मा टेबल भएको एमसीसीविरुद्ध आगो सडकमा लगाइरहेका थिए ।

जबकी उनीहरुकै शिर्ष नेतृत्व एमसीसी टेबल गर्न सहमत भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीमार्फत संसद्मा पेश गरेका छन् । यसलाई माओवादी र समाजवादीको दोहोरो अनि फोहोरी चरित्रका रुपमा अथ्र्याइएको छ ।सत्तारुढ गठबन्धनको बैठकमा प्रचण्ड–माधवले एमसीसी टेबल गर्न सहमति जनाए तर बाहिर यी दुवै दलले विरोधका लागि कार्यकर्ता उतारे ।