मनोरञ्जन

‘मिजी चिक्रङ्ग’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

पासाङ शेर्पा


काठमाडौँ — गायक आङ गेलु शेर्पाको ‘मिजी चिक्रङ्ग’ अर्थात् एक्लो जिन्दगीको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

आइतबार काठमाडौँमा एक कार्यक्रमको बीच हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पाको प्रमुख अतिथ्यामा शेर्पा भाषामा आधरीत ‘मिजी चिक्राङ्’ म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

आङ गेलु शेर्पाको शब्द संगीत संयोजन रहेको गीतमा शेर्पाकै स्वर रहेको छ । भिडियोको निर्देशन आङ छिरिङ शेर्पा तथा सम्पादन विवेक लामाले गरेका हुन् ।

म्युजिक भिडियोमा फुर्दिकु शेर्पा कर्मा याङजी शेर्पा, गेल्जेन शेर्पा र आङ छिरी शेर्पाको अभिनय रहेको छ । म्यूजिक भिडियो मार्फत हिमाल आरोहण गर्ने आरोहीहरुको संघर्ष र पीडादाही कथालाई प्रस्तुत गर्न खोजिएको पाइन्छ । भिडियो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने कुराकानीबाट सुरु हुन्छ । भिडियोमा हिमाल आरोहीका लागि निस्किएका आफ्नो मायालाई कतिको सम्झान गरिन्छ भने विषयलाई उठान गरिएको छ ।

पारिवारले हिमाल आरोहण भन्नेबित्तिकै युद्ध मैदानमा निस्किए जस्तो सम्झिने गर्दछन् । युद्धमा जाने सैनिकलाई कुन बेला आफू अरूको शिकार बनिन्छ भने यकिन हुँदैन, त्यस्तै हिमाल आरोहण गर्ने शेर्पालाई पनि आफू कुन बेला हिमपहिरो, ख्रमपासमा परिन्छ थाहा हुँदैन । र कुन बेला मौसमले साथ दिन छाड्ने मात्रै होइन, आफ्नै स्वास्थ्यले कुनबेला श्वासप्रश्वास प्रक्रिया रोक्ने हो पत्तो समेत हुँदैन, यिनै कुरालाई भिडियोमा प्रस्तुत गरिएको देखिन्छ ।

गीतलाई शेर्पा समुदायले धेरै रुचाएकले भिडियोलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको आङ छिरी शेर्पाले बताउनुभयो । म्युजिक भिडियो सोलुखुम्बुको मेरा पिक क्षेत्रमा छायाङ्कन गरिएको छ । भिडियो मेरा पिक क्षेत्रको ६ हजार मिटर उच्चाइसम्म पुगेर छायाङ्कन गरिएको शेर्पा सुनाए । म्युजिक भिडियो हिमालयन इम्पेरोमार्फत आइतबारदेखि बजारमा आएको छ ।