समाचार

नुवाकोटमा बस दुर्घटना, ५६ जना घाइते


काठमाडौँ – नुवाकोटमा बस दुर्घटना हुँदा ५६ जना घाइते भएका छन्।

किस्पाङ गाउँपालिका-३ किटनी बगर नजिकै बस दुर्घटना हुँदा ५६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोट प्रहरीले जनाएको छ ।

आज बिहान कृष्णा गाउँपालिका– १ साल्मेबाटबाट जाँदै गरेको बागमती प्रदेश ३-०१-०६ ख १५४१ नम्बरको बस किटनी बगर नजिक बाटोभन्दा २० मिटर तल खसेर दुर्घटना भएको हो।

बस ओभरलोडका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते भएकाहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको र गम्भीर ७ जना घाइतेहरूलाई एम्बुलेन्समा काठमाडौं पठाएको र दुई जनालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको प्रहरीले बताएको छ ।