काठमाडौँ – साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ ।
आइतबार नेप्से ३९ दशमलव ४० अंकले घटेर २ हजार ६९३ दशमलव १० विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स आज ४ दशमलव ९९ अंकले घटेर ५१३ दशमलव ६४ विन्दुमा थामिएको हो ।
आज २३० कम्पनीको ४ अर्ब ८६ करोड ४७ लाख ४ हजार ८२८ रुपैयाँ बराबरका ७१ लाख २२ हजार २९९ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया