खेलकुद

जावलाखेल र हिमालयन शेर्पा तथा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै


काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा रहेको छ । आज हिमालयनलाई हराएर जावलाखेल अंक तालिका सुधार्न चाहन्छ ।

हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा रहेको छ । हिमालयन पनि जावलाखेललाई हराएर अंक तालिका सुधार्ने योजनामा रहेको छ ।

यस्तै, दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । मनाङ ११ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एनआरटीलाई हराएर मनाङ शीर्ष दुईको स्थान यथावत् राख्न चाहन्छ ।

एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । एनआरटी आज मनाङलाई हराएर शीर्ष दुईमा उक्लन चाहन्छ ।