काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा ३५० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया