राजनीति

सडकमै एमसीसीको विरोध गर्ने को हुन् ? (भिडियोसहित)

आन्दोलनकारी र प्रहरी सराबर


काठमाडौँ — अमेरिकी सहयोग परियोजना एमसीसीबारे शीर्ष नेतृत्व अझै निष्कर्ष विहिन छन् । दलहरुले एमसीसीलाई राजनीतिक दाउपेच बनाउँदा अवस्था थप सकसपूर्ण बन्दै गएको छ । एमसीसीको विरोधमा सदन र सडक थप उत्तेजित बन्दै गएको छ । शुक्रबार पनि काठमाडौँको बानेश्वर क्षेत्र तनावपूर्ण रहयो ।

विगत केहि दिन यता संघीय संसद भवन नजिकैको बानेश्वर क्षेत्रमा हरेक दिन कुनै न कुनै समूह एमसीसी खारेज गर भन्दै नारा लगाउने थलो बनेको छ । अझ भनौ एमसीसीको रस्साकस्सी बढ्दै जाँदा सडक थप अराजक र उग्र बनिरहेको छ ।

निरन्तर सडकबाट नेतृत्वलाई दवाव दिईरहेका नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी, जनमोर्चा लगायतका राजनीतिक दल र दलका भातृसंगठनहरु शुक्रबार पनि सडकमा उत्रिए । सत्तारुढ दलका नेताहरु एमसीसीलाई राजनीतिक दाउपेच बनाउन नहुने, तत्काल खारेज गर्नुको विकल्प नरहेको बताउँछन ।

सत्तारुढ दलका भातृसंगठन सहित विगतदेखि नै एमसीसीको विपक्षमा रहेका विभिन्न दल तथा आम सर्वसाधरण पनि सडकमा छन् । एमसीसी जसरी पनि खारेज गर्नुपर्ने उनीहरुको माग छ । एमसीसी वारपारको अवस्थामा छ । अमेरिकाले नेपाललाई समयसीमा भित्रै निर्णय दिन दवाव दिईरहेको छ । राजनीतिक दल र शीर्ष नेतृत्व एमसीसीलाई लिएर दौडधुपमा छ । अमेरिका सहित कुटनीतिक नियोगहरुको सक्रियता थप बढेको छ । एमसीसीको ऐजेण्डालाई पक्ष विपक्ष सबैले प्रतिष्ठाको लडाइँ बनाएका छन् । जसले सडक पनि आन्दोलनमय बनेको छ ।