राजनीति

गठबन्धन फुटाउन गगन र योगेशको एउटै बोली : देउवा-ओली एकै ठाउँमा, कस्तो होला समीकारण ? (भिडियोसहित)


काठमाडौँ — एमसीसी र प्रधानन्यायाधीस प्रकरणबाटै अहिलेको गठवन्धन फुटको संघारमा पुगेको छ । नेपाली काँग्रेस र एमालेका नेताहरुको निकटता र अभिव्यक्तिलाई सुन्दा निकट भविष्यमै हालको सत्ता गठवन्धन भत्कीने स्थितिमा पुगेको हो । संसद भवनमै नेताहरुले यस्तो अभिवयक्ति दिन थालेका छन् ।

नेकपा(एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले वर्तमान सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएपछि पत्रकारहरुसंग बोल्दै भट्टराईले एमालेले यो गठवन्धन भत्काउन जस्तोसुकै अभ्यास गरिरहेको संकेत गरे । विहिबार राती देउवा ओलीको भेटपछि राजनीतिक तरंग आइरहेका बेला एमाले सचिव भट्टराईको अभिव्यक्ति सुन्दा प्रचण्ड र माधव पक्षलाई वाइपास गरि देउवासंग नयाँ समिकरण बनाउन लागेको पुष्टि हुन्छ ।

सत्ता गठबन्धन अप्राकृतिक रुपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको उनको भनाई छ । गठबन्धन टुटेको खण्डमा नेपालको संविधानको धारा ७६ प्रभावित हुने भएकाले सो धारा अनुसार एमालेको भुमिका कहाँ हुन्छ सोही अनुसार भुमिका निर्वाह गरीने उनको भनाई छ । यता नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि सत्तारुढ राजनीतिक दलहरुका बिचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने बताए । कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्ने कुरा नहुने उनको स्पष्टोक्ति छ ।

सत्तारुढ मूख्य पार्टीको महामन्त्रीले नै ठोकुवाका सगा गठवन्धन टुट्ने बताएपछि अब राजनीतिमा नयाँ कम्पन पैदा हुनेछ । संसदबाहिर पत्रकारहरुसंग बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले एमसीसी सम्झौतालाई संशोधनबिना संसदबाट पारीत गर्न नदिने बताएका छन् । उनको अभिव्यक्तिको सारांश यो हो की अब काँग्रेससंग सहकार्य हुँदैन । एमसीसी सम्झौतालाई संसदले अनुमोदन गरेमा गलत नजिर बस्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरु नै प्रभावित हुने उहाँले जिकिर गरे ।

एमालेको माग अनुसार १४ जना सांसदहरुलाई कारबाही गरीनुपर्ने छ । त्यसैलाई रोक्न प्रधानमन्त्री देउवालाई उपयोग गरि प्रधानन्यायाधीसविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाइएको चर्चा छ । यदि सत्ता गठवन्धन परिवर्तन भएर नयाँ समिकिरण बन्ने र प्रचण्ड माधव पक्ष सत्ता बाहिर रहने स्थिति आयो भने महाअभियोग प्रस्ताव फेल गराएर अदालतभित्र अर्काे चलखेल सुरु हुने भय पनि पैदा भएको छ ।