खेलकुद

विश्वकप छनोट : ओमानलाई हराउँदै नेपालको विजयी सुरुवात


काठमाडौँ — ओमानमा जारी टी-२० विश्वकप छनोट अर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ ।

पहिलो खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा आयोजक ओमानलाई ३९ रनले पराजित गरेको हो ।

ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन सकेनन् । जतिन्दर सिंह ९, खवार अलि ७, कल्लिमुह ५, आएन खान ३, कप्तान जिसन मक्सुद २ रनामा आउट भए ।नेपालका लागि कप्तान कमल सिंह ऐरी ३ विकेट, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १र१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । आरिफ शेखले सर्वाधिक ३८ रन बनाए ।

आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए । दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका हुन् ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५ रन, दीपेन्द्रसिंह ऐरीले ११, लोकेश बम १६, विवेक यादवले ७ रन जोडे । कप्तान सन्दीप लामिछाने १६ रनमा अविजित रहे । ओमानका खवार अलीले ३ र विलाल खानले २ विकेट लिए । साथै फयाज बुट र जिसन मुक्सुदले १र१ विकेट लिए ।