काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको कारोबारको अन्तिम दिन विहीबार सामान्य अंकको गिरावट आएको छ । विहीबार नेप्से १.९३ अंकले घटेर दुई हजार सात सय ३२ दशमलब ५२ विन्दुमा झरेको हो ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब २७ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
यस दिन व्यापार, जलविद्युत, उत्पादन तथा निर्माण, अन्य तथा म्युचुअल फण्डको सूचक बढेको छ भने बाँकी समूहको सूचक ऋणात्मक छ ।
प्रतिक्रिया