समाचार

नयाँ शैक्षिक सत्र जेठ १ देखि


काठमाडौँ – सरकारले २०७९ को नयाँ शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि सुरु गर्ने भएको छ । आज शिक्षा मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले नयाँ शैक्षिक सत्र वैशाखदेखि र पढाइ भने जेठ १ गतेदेखि हुने निर्णय गरेको हो ।

निर्णयसँगै अब विद्यालयहरूले चैतसम्म बाँकी रहेको कोर्स पूरा गर्नुपर्ने र वैशाखमा परीक्षा गरााइ नतिजा प्रकाशित गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार वैशाख महिनाभित्र नतिजा प्रकाशित गरेर विद्यालयहरूले जेठ १ गतेदेखि पठनपाठन थाल्नुपर्नेछ । आगामी शैक्षिक वर्ष चैतसम्म कायम रहने छ ।