राजनीति

प्रचण्डको दोहोरो रुप भित्र सहमति बाहिर विमति, कसरी निस्केला निकास (भिडियोसहित)

ओली मौकामा चौका हान्दै


काठमाडौँ — बुधवारको संसद वैठकमा एमसीसी टेवल गर्ने विषयमा प्रचण्डको यु टर्नले निस्कन लागेको निकासको बाटो बन्द भएको छ । त्यसमाथि एमालेले पनि निरन्तर अवरोध जारी राखेपछि राष्ट्रिय राजनीति अझ गिजोलिएको छ । जसले वहुसमस्यामा जगडिरहेका नेपालकोे राजनीति थप गिजोलिएको छ । यो अवस्थामा अव कस्तो राजनीतिक कोर्ष तय होला त ?

निकै लामो समयदेखि आन्दोनलनको रापमा रहेको न्यायलयले अझै उस्तै छ । न्यायलय भित्रको विसंगती र विकृती हटाएर स्वच्छ, विश्वासयोग्य थलो बनाउन माग सहित आन्दोलनरत अधिवक्ताको आग्रह नसुनेका सत्ता घटकका दलहरुले अहिले महाअभियोग दर्ता गराएका छन् । आन्दोलन उत्कर्षमा रहँदा कानमा तेल हालेका उनीहरु अहिले राजनीतिक फाईदाका लागि यो कदम उठाएका छन । महाअभियोग पास गराउन आवश्य संख्या नहुदै पनि सत्ता जोगाउनकै गठबन्धनले यस्तो निर्णय गरेको हो । अर्थात एकातीर माग पुरा गराउन जस्तोसुके सम्झौता गर्ने तर आफै वाचा विर्सिने दोधारे चरित्रले समस्या अझ गहिरीएको छ ।

यता निर्वाचनको मिति नजिकिदो छ, संसद भने १६२ दिनदेखि कुनै अमुक व्यक्तिको स्वार्थले बन्धक बनेको छ । कानुनी प्रक्रियालाई समेत नस्वीकार्ने, निकास पनि नदिने अनि जनप्रतिनिधको सर्बोच्च थलो संसदलाई कुण्ठा पोख्ने थलो बनाउन एमाले व्यस्त छ । अनि सभामुख र सरकार संसदमा जाने वातावरण बनाउन असफल छन् । यसमा एमसीसी टेवल भए नयाँ निकास निस्किने आशा गरिएको भए पनि सत्ता घटककै नेताहरुको वोलीमा ठेगान नहुँदा त्यो पनि अघि बढ्न सकेको छैन । यसरी चौतर्फी गिजलियोको राजनीतीलाई निकास दिनुभन्दा फाईदाको जोडघटाउमै नेताहरु व्यस्त देखिएका छन । यता एमसीसीमा पनि अलमल गरिरहेको एमालेले सभामुखले गल्ती नसच्याएसम्म संसद अवरोध कायम नै रहने अडानमा छ ।

यता नेपाली कांग्रेसका सांसदहरु आफूहरुलाई प्रधानन्याधीस विरूद्ध महाअभियोग हस्ताक्षर गर्न लगाएर एमसिसीमा प्रचण्ड भागेको बताउन थालिसकेका छन । प्रचण्डले आफूहरुलाई धोका दिएको उनीहरुको बुझाईले गठबन्धन फेरी संकटमा पर्ने खतरा बढेको छ । त्यसो भए सरकार के हुन्छ र त्यसले निर्वाचनमा के प्रभाव पार्छ भन्ने विषय पनि वहसमा आएको छ । त्यसमाथि पनि दुईदिन सहमति खोज्ने र समझदारीको आधारमा अर्को संसद बैैठकमा एमसीसी सम्झौता टेवल गर्ने तयारी कायमै राखेको छ । जसको नतिजा प्रचण्ड र माधवकुमार नेपालहरुलाई अन्तिम निर्णय दिन बाध्यता कायम हुने देखिन्छ भने उनीहरु विरोधमा देखिए एमालेले पनि सहयोग गर्ने अवस्था छैन । यो संगै अर्को गठबन्धन बन्ने डरका कारण पनि सत्ताघटकका माग पुरा गर्न देउवा वाध्य छन ।

सडकमा पनि जाने सत्ता पनि नछाड्ने दोहोरो चरित्रमा प्रचण्ड छन भने उनकै खेलोको वरिपरी घुम्न माधव नेपाल बाध्य छन । यता सत्ता घटकका तीन दलमै एक अर्कालाई विश्वास नगर्ने तथा एक अर्काविरुद्ध प्रयोग गर्न उद्यत छन । यहि वुझेको एमाले पनि अड्को थापेर वसिरहेको छ । जसले देशलाई निकासमा हैन झनझन दलदलमा धकेल्दै लगेको छ ।