राजनीति

अब के हुन्छ एमसीसी : अमेरिकाले नेपाललाई हेर्ने नजर कस्तो होला ? (भिडियोसहित)


काठमाडौँ — मुलुकको राजनीति यति बेला एमसीसी परियोजनाका कारण गिजोलिएको छ । एमसिसीकै कारण सडक र सदन दुबै विभाजित छ ।
परराष्ट्र मामिला जस्तो गम्भिर र संवेदनशील विषयमा नेतृत्वको अविश्वनीय चरित्र र स्वार्थ केन्द्रित राजनीतिका कारण अन्तराष्ट्रिय स्तरमा नेपालको कुटनीतिक छवी कस्तो बन्ला ?

अमेरिकाले नेपाललाई सन् १९५० को दशकदेखि निरन्तर सहयोग गर्दै आएको छ । विशेषगरी शिक्षा, स्वास्थ्य र शिशु स्याहारका कार्यक्रममा अमेरिकी सहयोग देखिन्छ । संयुतm राष्ट्रसंघदेखि अन्तर्राष्ट्रि मञ्चहरूमा पनि अमेरिकाले नेपालको पक्षमा वकालत गरेको इतिहास छ । पूर्वाधार विकासका लागि सन् २०१७ मा भएको एमसिसी सम्झौताको विवादको भुमरीमा परेको छ ।

यही कारण नेपाल र अमेरिकाबीचको सम्बन्धमै असर पर्ने सम्मका चर्चा हुन थालेका छन् । तर, पनि नेपाली राजनीतिक दलहरू साझा धारणा बनाउन चुकिरहेका छन् । ठुला शतिm राष्ट्रहरूले नेपालको सामारिक महत्वको दुरुपयोग गर्ने दुश्प्रयास गरिरहेको र यसमा शीर्ष नेताहरु जिम्मेवार हुनुको विकल्प नरहेको बुझाई कतिपयको छ ।

एमसिसीलाई अमेरिका र चीनसँग जोडेर पनि हेर्ने गरिएको पाइन्छ । अमेरिकी अधिकारीहरूले एमसिसी पारित गर्न दबाब दिन थालेका छन् । शीर्ष नेताहरूसँग फोन संवाद नै गरेर अमेरिकी अधिकारीले चीनका कारण समस्या आएको भन्दै दबाब दिन थालेका छन् । नेपालका दलहरूले बेलाबेलामा आफु अनुकुल विदेशी कार्ड फाल्ने गरेका छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत मुलुकको विदेश नीति समान हुनुपर्नेमा जोड दिन्छन ।

एमसीसी विवाद वारपारको अवस्था छ । एमसीसी अनुमोदन भए मुलुक द्धन्द्धमा फस्ने दावी गर्नेहरू पनि छन् । के एमसीसी अनुमोदन भए मुलुक द्धन्द्धमा जान्छ त ? एमसिसी अनुमोदन नभए अमेरिकाले नेपाललाई कसरी हेर्छ ?

राजनीतिक दलहरू सत्ता स्वार्थमा रुमलिँदा अन्तर्राष्ट्रिय मुद्दामा समेत एकमत हुन सकेका छैनन् । अमेरिका, चीन वा भारतलाई रिझाउने र विच्काउने भन्दा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर राष्ट्रिय सहमति जुटाउन आवश्यक छ ।