राजनीति

एमसीसीलाई कार्यसूचीमा नराख्ने सभामुखकाे निर्णय


काठमाडौँ – सभामुख अग्नि सापकोटाले दलहरुबीच सहमति नजुटेको भन्दै आज बस्ने संसद् बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय सुनाएका छन् ।

संसद् बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्थाको बैठकमा कानुनमन्त्री दिलेन्द्र बडुले एमसीसी टेबल गर्नेमा जोड दिए पनि माओवादी र एकीकृत समाजवादीले संशोधनविना पेश गर्न नहुने अडान लिएका थिए । बैठकको अन्त्यमा सभामुख सापकोटाले सहमति नजुटेको भन्दै आज एमसीसी कार्यसूचीमा नचढ्ने निर्णय सुनाएका हुन् ।

बडुसहित माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ सहभागी थिए । तर कार्यव्यवस्थाको बैठकमा नेकपा एमाले र जसपाका नेता भने अनुपस्थित देखिए ।