राजनीति

संसदीय दल बैठकको निर्णय सुनाउन प्रचण्ड पुगे बालुवाटार


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी संसदीय दलको बैठक लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् ।

एमसीसी टेबल हुनबाट रोक्न अन्तिम प्रयासमा जुटेका छन् । त्यसका लागि अध्यक्ष प्रचण्ड पार्टी संसदीय दलको बैठक लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् ।

बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्न बालुवाटार पुगेका हुन् । संसदीय दलको बैठकमा भएको निर्णय सुनाउन उनी त्यस तर्फ लागेका हुन् ।

बैठकले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । यदि प्रधानमन्त्री देउवाले प्रचण्डको आग्रह अस्वीकार गरी एमसीसी टेबल गरिए गठबन्धन र सरकार छाड्ने माओवादीको तयारी छ ।