राजनीति

संसद्मा कसरी अगाडि बढ्दैछ एमसीसी ? जसरी पनि पास गर्ने रणनीति


काठमाडौँ – लामो समयदेखि सदनमागिजोलिएको एमसीसी मुद्धाले पूर्णतापाउँने करिब—करिब निश्चित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाठूलो कसरताकाबीच गठबन्धनका दलहरुलाई एमसीसीकापक्षमारिझाउन सफल बनेका छन् । आजभोलि दैनीकजसो सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच बालुवाटारमा भेटवार्ता हुने गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीकेन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्ड र नेकपाएकीकृत समाजवादीकाअध्यक्षमाधव नेपालबीच गठबन्धनलाई बचाउँदै सबै मुद्धामा सहमतिखोज्ने प्रयास भैरहेको छ । जसमा राष्ट्रिय राजनीतिमा पेचिलो बनेको एमसीसी मुद्धालाई टुंग्याउँन ठूलो कसरत देखिन्छ ।

दैनीक घनिभुत छलफलमा जुटेकाप्रधानमन्त्री देउवा गठबन्धनका दलहरुलाई सहमत गराउँदै सदनमा एमसीसीलाई जति सक्दो चाडो टेबल गराउँन चाहान्छन् । प्रचण्ड—माधवभने देउवाको एमसीसीप्रतिउदार बनेकोमा खुशी देखिदैनन् । तैपनिदेउवाएमसीसी जसरी पनिपास गर्ने रणनीतिका साथ अगाडि बढेका छन् ।

जसमा देउवाले आफ्नो पार्टीका नेताहरुलाई एकढिक्का बनाईसकेका छन् । प्रधानन्यायाधीशचोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन देउवा तब मात्रै राजीभए जब प्रचण्ड—माधवले एमसीसीमा सहजीकरण गर्दिने आश्वासनदिए ।

सत्ताघटक दल एकिकृत समाजवादीका १४ सांसदविरुद्धको मुद्दा पेशी चढ्नु, भ्रष्टचार र अनियमितताको मुद्धा अदालतमाविचारधीन रहनु, सभामुख विरुद्धको मुद्धा लगायतको विषयले पनिमहाअभियोग अघि बढेको विश्लेषकहरुको भनाई छ । तर त्यसकालागि सत्ता घटकका दलहरु एमसीसीपास गर्न तयार भएपछि देउवामहाअभियोगमा सहमतभएको बुझिएको छ ।

राष्ट्रिय सहमतिनभई एमसीसी अगाडि नबढाउने अडान लिएका समामुखएमसीसी टेबल गराउन सकारात्मकभएका कारण नै चाडै एमसीसी टेबल हुनेमा विश्वस्तहुने वातावरण बनेको देखिन्छ । यद्यपि गठबन्धनभित्रको माओवादी केन्द्र र एकीकृत समाजवादी सदनको बैठकमा अनुपस्थ्ति रहने, एमालेले बैठक बहिस्कार गर्ने र उपस्थ्ति सांसदको ध्वनीमतको आधारमा एमसीसीपास गर्न गठबन्धन अगाडि बढेको देखिन्छ । तर प्रतिपक्ष दल नेकपा एमाले भने यस्तो कदम संसदीय मर्यादा भित्र नपर्ने र लोकतान्त्रिकको आचरण बाहिर पर्ने बताउँछ ।

यद्दपी पछिल्लो समय केही मौन समर्थन दिएका उनीहरुले काँग्रेसलाई अन्तिम समयमा आएर धोका दिने हुन की भन्ने आशंका पनि त्यतिकै छन् । स्वार्थको भुमरीमा चल्ने दलहरुको परि पाटीले देउवालाई अन्तिम समयमा आएर धोका नहोला भन्न सकिन्न ।

राष्ट्रवादी एमसीसी पास गर्न हुन्नभन्दै कुर्लिएका नेताहरुले आफ्नो स्वार्थ अनुकुलमा एमसीसी पास गर्न मौन सहमति दिएका छन् । जसलाई राष्ट्रप्रतिको गद्दारीको हिसाब समयले लिने विश्लेषक बताउँछन् ।