राजनीति

माओवादी केन्द्र संसदीय दलको बैठक सुरु


काठमाडौँ – सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ ।

आजको संसद् बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुनेछ । खासगरी एमसीसी नेपाल कम्प्याक्टबारे छलफल हुने नेताहरूले बताएका छन् ।

आज दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठकमा एमसीसी टेबुल गर्ने तयारी छ ।

एमसीसीविरुद्धको जनमतका कारण माओवादी नेतृत्वलाई भने एमसीसी संसदबाट पास नगर्न दबाब छ ।