राजनीति

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै


काठमाडौँ – नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

आजको संसद् बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुन लागेको गुरुङले बताउनुभयो । बैठकमा संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै आवश्यक निर्देशन दिने छ ।