राजनीति

सार्दै आएको प्रतिनिधि सभा बैठक आज बस्दै, एमसीसी पेश गर्ने तयारी


काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । कयौं दिनसम्म सर्दै सर्दै आएको प्रतिनिधि सभाको बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी छ ।

सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

सरकारको नेतृत्वकर्ता दल कांग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने तथा डा.दुमनसिंह थापा, लक्ष्मीदास मानन्धर र जगत बहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।