राजनीति

एमसीसी कार्यसूची मै परेन, सुटुक्क पेस गर्ने तयारी ! (भिडियोसहित)


काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सरकार विरुद्ध सदन र सडक संघर्षमा छ । प्रधानन्यायधीश महाअभियोग प्रकरणले सत्तापक्ष र प्रतिपक्षबीचको दुरी थप बढेको छ । सदनमा सहज वातावरण बन्न नसकेको आस्थामा सत्तारुढ दल बुधबारको बैठकमा एमसीसी टेबल गर्ने तयारीमा छ ।

विवादस्पद एमसीसी परियोजना के गर्ने भन्ने सवालमा सत्तारुढ दल विभाजित हुँदा पटक पटक स्थागीत भएको संसद वैठक भोलि बुधबार बस्दै छ । बुधबार दिउँसो १ बजेका लागि संसद वैठक बोलाइएको छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबार बसेको सर्वदलीय वैठकले सदन सुचारुको विकल्प नभएको धेरैले जोड दिएका थिए । एमसीसी पास गर्न राष्ट्रिय सहमतिको पक्षमा रहेका सभामुख एक एका यूटर्न गर्दै एमसीसी पास गर्ने पक्षमा उभिए । सभामुख अग्निप्रसाद सापकोटाले सदन सुचारु प्रमुख विषय भए पनि आफु सभाको अम्पाएर मात्र भएकाले के पेस गर्ने र के नगर्ने भन्ने जिम्मा दलहरुकै भएको बताए ।

गठबन्धन छोड्ने अभिव्यतिm दिएको नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी कांग्रेससँग प्रधानन्यायधीसविरुद्ध महाअभियोग लगाउन एक जुट भए । सभामुख उपरको मुद्धा, नेकपा समाजवादीको १४ सांसदको कारवाहि लगायतका मुद्धामा प्रधानन्यायधीस चोलेन्द्र शमशेर राणा र ओली निकट भएको थाहा पाएपछि प्रचण्ड माधवले एमसीसी पास गराउन देउवालाई साथ दिने शर्तमा प्रधानन्यायाधीशलाई महाअभियोगको वातावरण बनाएका थिए । नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादीले एमसीसीमा सहजिकरण गर्ने सहमति भएको छ । प्रमुखप्रतिपक्ष भने नेकपा एमाले सदनको वैठक बहिष्कार गर्ने पक्षमा छ ।
नेकपा एमालेका कारण विगत लामो समयदेखि सदन अनिर्णयको बन्दी बनेको छ । सदनको यो अवस्था दलहरुको राजनीतिक आचारणको उपज भएको विश्लेषकहरुको तर्क छ ।

एमसीसी टेबल गराउने दवावमा रहेको कांग्रेस र एमसीसी टेवल गराउन सहजीकरण गर्ने प्रतिवद्धता जनाएका माओवादी र नेकपा समाजवादीबीच कसरी सदन सुचारु गर्ने भन्ने ठोस आधार भने छैन । सत्तापक्ष पेलेरै जाने र प्रतिपक्ष सदन छोडेर बाहिर जाने रणनीतिका कारण सदन अझ रस्साकस्सीपूर्ण हुने पक्का छ ।