राजनीति

प्रतिपक्षको विरोध शैली, व्यंग्यात्मक ‘सडक संसद’ (भिडियोसहित)


काठमाडौँ — लगातार सदन अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केहि समयदेखि सरकारको विरोमा सडक पनि तताई रहेको छ । मंगलबार नयाँ बानेश्वरमा प्रतिपक्षको संसद सडक थप रोचक थियो ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन नजिकै सडकमै संसदको परिदृश्य देख्न सकिन्थ्यो । प्रतिनिसधासभाको बैठकको जनाउ घण्टी बज्छ । राष्ट्रिय धुन बज्छ । अनि ‘सभामुख’ ले सभा सुचारु पनि गछन् । तर सभा सुचारु गर्नै नपाई ‘सांसद’हरू ज¥याक–जुरुक उठ्छन नाराबाजी सुरु गर्छन् । ‘गैर सांसदलाई संसदमा निषेध गर । पार्टी फुटाउने षड्यन्त्र निषेध गर । संवैधानिक सर्वोच्चता कायम गर । ‘संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे । यो प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट भातृसंगठन युवा संघ नेपालले सरकार विरुद्ध आयोजना गरेको सांकेतिक र व्यंग्यात्मक ‘सडक संसद’ को दृश्य हो । उनीहरुले अनौठो शैलीमा सरकार र सदनको विरोध जनाए । सरकारको चरमवद्ध षडयन्त्रविरुद्ध सडकमा उत्रिएको उनीहरु बताउँछन ।

सभामुखले संसदको मर्यादा विपरित काम गरेकाले सडकबाट खबरदारी गरेको र अझै पनि नसुध्रिए यो भन्दा शसक्त आन्दोलनको विकल्प नभएको उनीहरुको भनाई छ । सदनमा प्रतिपक्षका कुरा सरकारले नसुनेपछि सडक रोजेको उनीहरुको तर्क छ ।
विगत लामो समयदेखि सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदनसँग सँगैसडक पनि अवरोध गर्न थालेको छ । प्रतिपक्ष र सत्तापक्षको टकरावका कारण सदन गतिहिन बन्दा जनसरोकारका कतिपय मुघा अलपत्र परेका छन् ।