राजनीति

किन बारम्बार विवादमा पर्छन मन्त्री ? यी हुन बोली चिप्लिएर पद गुमाउनेहरु (भिडियोसहित)


काठमाडौँ — गालीगलौच सहितको अडियो बाहिरीएपछि पर्यटनमन्त्री प्रेम आले अहिले विवादीत बनेका छन । यहि अवस्था केहि पूर्वमन्त्रीहरुले समेत भोगेका थिए । तर विवादीतहरु आफूलाई नियतवस फसाउन खोजिएको कारण देखाएर उम्कने गरेका छन् ।

पछिल्ला केही कामबाट चर्चा बटुल्न सफल पर्यटनमन्त्री प्रेम आले यसैपनि तुलनात्मक रुपमा विवाद र चर्चाको पात्र बन्ने गरेका छन् । कोहि वेला वोलि चिप्लिएर आलोचनाका शिकार भएका उनी पछिल्लो समय भने राम्रो काम गरेको भन्दै प्रशंशाको पात्र बन्दै आएका थिए । यहि वीचमा उनले गालीगलौच गर्दै एक युवकलाई थर्काएको भिडियो बाहिरीएपछि उनी विवादमा परेका छन । अश्लील गाली गरेका उनलाई फेरी आफ्नो वोली भारी परेको छ ।

यसअघि अडियोकै कारण तत्कालिन सन्चारमन्त्री गोकुल बास्कोटाले मन्त्री पदबाटै हात धुनु परेको थियो । सत्तरी करोडको माग र गाली सहितको फोन अडियोले उनको पहिचान नै फेरियो । त्यस्तै तत्कालिन कानुनमन्त्री शेरबहादुर तामाङ पनि जिव्रो चिप्लिएरै मन्त्री पदबाट बाहिरिनु पर्यो । रुदै बाहिरीएका उनको जस्तै नियती तत्कालिन सभामुख कृष्ण बहादुर महराले पनि भोगे ।

लामो समयदेखिको सम्बन्धमा आएको दरारले महरा वलात्कार मुद्धामा जेलको चिसो छिडीसम्मकै यात्रा तय गरे । अहिले पनि उनलाई यो काण्डले पछ्याउन छाडेको छैन । प्रदेश मन्त्री पनि वलात्कारको मुद्धा बाट अछुतो छैनन् भने केहि बर्ष अघि कृषीमन्त्री हरी पराजुली पनि यस्तै हर्कतका कारण मन्त्री पदबाट बाहिरिएका थिए । तर यसरी विभिन्न विवादमा फसेका र मुद्धा खेपेकाहरुले आफू जोगिन दिने साझा उत्तर हुने गरेको छ –मलाई फसाईयो ।

जव जव आफू संकटमा परेको महसुस गर्छन, अन्य नेताले समेत यहि वोली प्रयोग गर्छन । आफैले संविधानविपरित काम गरेर वालकोटको वार्दलीमा पुगेका केपी शर्मा ओली हुन कि आफ्नै कमजोरीले निरन्तर क्षयीकरणमा परेका पुष्पकमल दाहाल प्रचण्ड ।

आफैले आचार, सिद्धान्त र संविधान विरोधी काम गर्ने, भ्रष्ट्रचार अनियमिततामा फसेका कार्यकर्ताको संरक्षण गर्ने तथा मुर्तीचोर सम्मलाई मन्त्री बनाउन उनीहरु पछि हट्दैनन् । तर पछि प्रश्न उठे बद्नाम गराईयो भन्ने नेताहरुको बानी जस्तै बनेको छ । अझ खाली कागजमा हस्ताक्षर गर्ने तर पछि किर्ते भयो भन्ने, एकैछिन अघि बोलेको कुरा आफ्नो हैन भन्ने जस्ता कार्य गर्न समेत नेताहरु लाज पचाएरै गरिरहेका हुन्छन् । आखिर उच्च पदस्थहरुको गिर्दो आचरणको कारण के त ?

हुन त व्यक्तिगत जीवन र सामाजिक जीवनको फरक बुझ्न नसक्नेहरु उच्च ओहोदामा पुग्दा पनि यस्ता समस्या बारम्बार दोहोरिरहेका छन । अर्कातर्फ मानवीय आचरण विगतको पृष्ठभूमीले पनि निर्धारण गर्ने भएकोले यसलाई अस्वभाविक मान्न नसकिने विश्लेषकहरु बताउछन । तर आफूले वोल्दा पार्ने प्रभाव र हैषियतका विषयमा जानकार नरहने तर निर्लज्ज उत्तर दिएर पन्छिनेहरुले पद अनुकुलको आचार नगर्दा अहिले वेलायतका प्रधानमन्त्रीले भोगिरहेको हालत पनि विर्सन सकिँदैन ।