राजनीति

एमसीसीबारे निर्णय लिन माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक


काठमाडौँ — माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । बैठक बुधबार विहान १० बजे बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने उनले बताए । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि विहान साडे ११ बजे बोलाइएको छ ।

मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्न आग्रह गरेको छ । उसले एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ । लगत्तै माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको हो ।