राजनीति

कांग्रेसका सबै भातृ संगठनको कार्यसमिति विघटन


काठमाडौँ — नेपाली कांग्रेसले पार्टीक विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति भंग गरेको छ ।

मंगलबार सकिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भातृ संगठनको बर्तमान कार्यसमिति भंग गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । मुस्लिम संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरिएको छ ।