काठमाडौँ – सडक छेउको रेलिङमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ।
ललितपुरको बागडोलमा वाग्मती प्रदेश ०२–०३० प ९४८३ नम्बरको मोटरसाइकल गएराति साढे १० बजे सडक छेउको रेलिङमा ठोक्किँदा चालक बाँकेका ३० वर्षका गणेशकुमार थारुको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका थारुको उपचारका क्रममा राति साढे ११ बजे पाटन अस्पतालमा ज्यान गएको हो ।


प्रतिक्रिया