राजनीति

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।

आज बिहान नौ बजे संघीय संसद भवनको ल्होत्से हलमा दलको बैठक बस्ने कांग्रेसले बताएको छ । कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।