समाचार

क्लोडियस र भ्यालेन्टाइनको युद्धको उपज : भ्यालेनटाइन डे (भिडियोसहित)


काठमाडौँ आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवसलाई विशेष रुपले मनाउने चलन बढेको छ । प्रेम दिवसका दिन काठमाडौँ उपत्यकासहित देशभरका बजार क्षेत्रमा चहलपहल बढेको छ ।

अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्षको फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रुपमा मनाइँदै आएको छ । तेस्रो सताब्दीमा रोमका शासक क्लोडियसले सैनिकहरु विवाह बन्धनमा बाँधिएको खण्डमा युद्ध सफल नहुने धारणा राखेकोविरुद्व भ्यालेन्टाइन नामका पादरीले धेरैको विवाह गराएका थिए । उक्त आदेशको विरुद्धमा सैनिकहरुको विवाह गराएको भन्दै १४ फेब्रुअरीमा पादरीलाई फाँसी दिएको र सोही दिन पादरीले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएको सम्झनामा भ्यालेन्टाइन्स डे अर्थात पे्रम दिवस मनाउन थालिएको इतिहास छ ।

यस दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्ताव राख्ने अवसरको रुपमा समेत लिइन्छ । पछिल्लो समय नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने चलन बढ्दो छ । यस दिन बजार क्षेत्रमा चहलपहल बढेको देख्न सकिन्छ ।

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका दिन मन परेको व्यतिmलाई गुलाफको फुल सहित विभिन्न उपहार दिएर प्रेम व्यतm गर्ने गरिन्छ । भ्यालेन्टाइन डे मा आफुले मन पराएको व्यक्तिलाई रातो गुलाफको फुल दिए प्रेमसम्बन्धमा मिठास आउने विश्वास छ । यो दिन रातो गुलाफको फुल अत्याधिक विक्री हुने व्यापारीहरु बताउँछन ।

नेपालमा भ्यालेन्टाइन डे विशेषगरी युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ । यो दिन प्रेमिप्रेमिकाबीच मात्र नभई आफुलाई माया गर्ने सबैसँग प्रेम साटासाट गर्ने विशेष दिन भएको कतिपयको बुझाई छ ।
पहिला एक दिन अर्थात फेब्रुअरी १४ लाई प्रणय दिवस भनिन्थ्यो । अहिले साताव्यापी रुपमा यो दिवस मनाइने गरिन्छ । फेब्रुअरी ७ मा गुलाफ दिने, त्यसपछि प्रस्ताव राख्ने, चकलेट दिने, गुडिया दिने, प्रतिवद्धता जनाउने जस्ता रितले प्रेम दिवस मनाउने गरिन्छ ।