Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कर्णाली

कार्चेन लामालाई मन्त्रीबाट हटाउन माग गर्दै उच्च अदालतमा रिट


काठमाडौँ — कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डोल लामा (कार्चेन) लाई हटाउन माग गर्दै उच्च अदालतमा रिट दायर भएको छ ।

फौजदारी अभियोगमा दोषी ठहरिएका लामालाई कर्णाली प्रदेश सरकारले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बनाएको भन्दै सोमबार उच्च अदालत सुर्खेतमा रिट दायर भएको हो ।

मध्यपश्चिम विश्वविद्यालयकी कानुन विद्यार्थी विनिता वोगटीले दर्ता गरेको रिटमामन्त्री पद खारेजीको माग गरिएको छ । नेकपा माओवादी हुम्लाका नेता रहेका नेतालाई ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको आरोपमा अदालतले २०५१ मंसिर २५ गते दुई वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।