राजनीति

सर्वदलीय बैठकबाट उपेन्द्र यादव बाहिरिए


काठमाडौँ — जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव सिंहदरबारमा जारी सर्वदलीय बैठकबाट बाहिरिएका छन् ।

संसद् सचिवालयको अर्थ समितिको हलमा जारी बैठकबाट यादव भर्खरै बाहिरिएका हुन् । यादवले एमसिसीबारे आफूले बैठकमा केही धारणा नराखेको प्रतिक्रिया दिए ।

यादवले सबै समस्याको समाधान राष्ट्रिय सहमतिबाट खोजौं भनेको पनि बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव, संसद्‌को अवरोध लगायतका विषयमा छलफल गर्न सभामुखले सर्वदलीय बैठक आह्वान गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठकमा गएन ।