राजनीति

एमालेले सर्वोच्चका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन मिल्दैन : नेता पौडेल


काठमाडौँ — नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्ष दल एमालेले महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने टिप्पणी गरेका छन् ।

सत्तारुढ प्रमुख घटक काँग्रेसका वरिष्ठ नेता पौडेलले एमालेले संसद विघटनको मुद्दामा आफूलाई हराएवापत् सर्वोच्च अदालतको निर्णय विपरीत सो महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने तर्क गरेका हुन् ।
सोमबार काठमाडौँ आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सर्वोच्च अदालतको निर्णय अन्तिम हुने र त्यसलाई चुनौति दिनेगरी एमालेले कुनै पनि न्यायाधीशविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने बताए ।