राजनीति

एमाले संसदीय दलको बैठमा ओलीले भने-आवेश र उत्तेजनामा निर्णय लिन्नौं


काठमाडौँ — एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अहिलेको परिस्थिति गम्भीर रहेको भन्दै गम्भीर सोचविचार गर्दै उत्तेजित नभइकन निर्णय लिने बताएका छन् । बानेश्वरस्थित संसद् भवनमा संसदीय दलको बैठकमा ओलीले विवेकपूर्ण निर्णय लिने बताए ।

बैठकमा एमाले स्थायी कमिटीका सदस्य घनश्याम भुसालले महाअभियोग लगाइएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई बोकेर चुनावमा जान नसकिने बताएका थिए । साथै यी दुई मुद्दा बोकेर चुनावमा जानु राजनीतिक रुपमा गम्भीर गल्ती हुने उनको भनाइ थियो ।