राजनीति

१३ लाखभन्दा बढी एस्ट्राजेनेका खोप नेपाल भित्रियो


काठमाडौँ – नेपालमा थप १३ लाख १२ हजार ८० डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप आएको छ ।

बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको सो खोप आज बिहान नेपाल आइपुगेको हो ।

बेलायतले यसअघि पनि कोभ्याक्स सुविधामार्फत आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाललाई दिएको थियो ।