राजनीति

कामु प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको पूर्ण बैठक


काठमाडौँ – चोलेन्द्र शमशेर जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका दीपककुमार कार्कीले सोमबार फुलकोर्ट बैठक बोलाएका छन् । कामु प्रधानन्यायाधीश कार्की आज दिउँसो २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका हुन् ।

बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रम र अदालत सञ्चालन तथा न्यायपालिका सुधारका सम्बन्धमा छलफल हुने बताइएको छ ।

न्यायपालिका सुधारका लागि भन्दै न्यायाधीश हरिकृष्ण कार्की सम्मिलित समितिले दिएको प्रतिवेदन पूर्णतः कार्यान्वयन गर्ने र सर्वोच्च अदालतकै न्यायाधीश तथा नेपाल बार एसोसिएसनले उठाएको मागको सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।