राजनीति

एमाले संसदीय दलको बैठक ११ बजे बस्दै


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज संसदीय बैठक बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले आज बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार आज संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ । आइतबार पनि अध्यक्ष ओली निवास बालकोटमा साँझ ६ बजे सचिवालय बैठक बसेको थियो ।

प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव छापामार शैलीमा आएको नेकपा एमालेले टिप्पणी गरेको छ ।