राजनीति

होटेल आनन्द सञ्चालनमा अवरोध नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश


काठमाडौँ – पशुपति क्षेत्रमा सञ्चालित होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा अवरोध नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । होटेलले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले विपक्षीका नाममा १५ दिनको समय राखेर आधार, कारण र प्रमाण समेत माग गरेको छ ।

साथै अदालतले फागुन ९ गतेका लागि आन्तरिम आदेशको छलफलका लागि दुबै पक्षलाई उपस्थित हुन समेत आदेश गरेको छ । यो होटेलसँगको २०७६ वैशाख ३० गतेको करार सम्झौताअनुसार होटेल आनन्दको सञ्चालनमा बाधा नगर्न समेत आदेशमा भनिएको छ ।

गत ११ माघमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिस्तरीय निर्णयबाट नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिने निर्णय गरेका थिए ।