राजनीति

एमाले महाअभियोगको प्रतिवाद गर्ने


काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

महासचिव पोखरेलले सत्ता गठबन्धनले लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि गरेको भन्दै महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको बताउनु भयो ।

बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको आरोप लगाएको छ । संसदीय दलको बैठकले महाअभियोगको प्रतिवाद गर्ने सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।