राजनीति

बतास समूहको पक्षमा उच्च अदालतको आदेश


काठमाडौँ — पशुपति विकास कोषविरुद्ध बतास समूहले हालेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।
उच्च अदालत पाटनमा आइतबार भएको सुनुवाइ पछि न्यायाधीश नरिधर भण्डारीको एकल इजलासले यस्तो आदेश गरेको हो ।

नेपाल–भारत मैत्री पशुपति धर्मशाला भाडामा लिएको होटेल आनन्द निषेधाज्ञा आदेशको माग गर्दै गत बिहीबार कोषविरुद्ध अदालत गएको थियो ।

अदालतको आदेशमा भनिएको छ, ‘अन्तरिम आदेशको टुङ्गो नलाग्दा सम्म मिति २०७६ वैशाख ३० को करार सम्झौताबमोजिम होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्नु नगराउनू भनी विपक्षीहरूको नाउँमा अल्पकालीन अन्तरिम आदेश समेत जारी गरिदिएको छ ।’