राजनीति

कमल थापा बने राप्रपा नेपालको अध्यक्ष


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका कमल थापा अब ‘राप्रपा नेपाल’ को अध्यक्ष बनेका छन् । निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उनी नयाँ अध्यक्ष बनेका हुन् ।

राप्रपाबाट निस्केर थापाले नयाँ नाममा पार्टी दर्ता गर्ने तयारी गरेका थिए । निकटस्थहरुसँग छलफल गरेर उनले पार्टीको नाम ‘राष्ट्रिय एकता पार्टी नेपाल’ समेत जुराइसकेका थिए । तर, त्यो बाटो छोडेर अब उनले पुरानै राप्रपा नेपाल ब्यूँताउने भएका छन् ।

राप्रपा नेपाल विगतमा कमल थापाले नै स्थापना गरेको पार्टी हो । २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो । त्यसपश्चात राप्रपा नेपालको नाममा अर्को पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । यो पार्टीका संस्थापक अध्यक्ष लाक्पा तामाङ थिए ।