राजनीति

प्रधानन्यायाधीश भन्छन्– म खुशी नै छु


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूविरुद्ध महाभियोग ल्याएकोमा खुसी नै रहेको अभिव्यक्ति दिएका छन् । आफ्नो नियुक्ति संवैधानिक भएको भन्दै विधि र प्रक्रियामार्फत महाअभियोग ल्याएकोमा आफू खुशी रहेको प्रतिक्रिया राणाले दिएका हुन् ।

राणाले भने, ‘म विधि र प्रक्रिया मान्ने मान्छे छु । संवैधानिक नियुक्ति हो मेरो । संविधान बमोजिम सार्वभौम संसद्लाई महाभियोगबारे अधिकार छ । त्यो अधिकार वहाँहरूले प्रयोग गर्नु भएको हो । यसमा त म खुसी नै छु ।’

आधार पुष्टि गर्ने कुरा पछिको कुरा भएको बताउँदै आफ्नो दायित्व र कर्तव्य संवैधानिक भएको भन्दै त्यसलाई पालना पर्न सदा तत्पर रहेको जनाए । साथै, उनले आधार पुष्टि गर्ने कुरा पछिको कुरा भएको पनि बताए ।