खेलकुद

एनआरटी र हिमालयन शेर्पा तथा एपीएफ र संकटा प्रतिष्पधा गर्दै


काठमाडौँ – शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छ । लिगको दशौँ चरण अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एनआरटी ९ खेलमा १३ अंक जोडेर लिगको सातौं स्थान रहेको छ । हिमालयन ९ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ । हिमालयन पनि एनआरटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

दशरथ रंगशालामै हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ ९ खेल १० अंक जोडेर नवौं स्थानमा रहेको छ । संकटालाई हराएर एपीएफ अंक तालिका सुधार गर्ने योजनामा रहेको छ । संकटा ९ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।