राजनीति

एमसीसी पास गर्न र गठबन्धन छोड्न देउवालाई दवाब, लु ले धम्की दिएका होइनन्


काठमाडाैँ – सबै राजनीतिक दल पार्टीगत छलफलमा व्यस्त छन । एमसीसी पास गरेर मात्र जनतामाझ जाने रणनीतिमा रहेको सत्तारुढ दल नेपाल कांग्रेस विहिबारदेखि निरन्तर छलफलमा छ । कांग्रेसको कार्यसम्पादन वैठकमा नेताहरुले आफ्नो धारण राख्ने क्रम जारी छ ।

रिक्त रहेका भातृसंगठनहरुको पदपूर्ति, विभिन्न विभागहरुको गठन, अधिवेशन हुन बाँकी जिल्लाहरुको अधिवेशन छलफलको विषय भएपनि यीसँगै एमसीसी र गठबन्धन प्रमुख विषय बनेको छ । छलफलका क्रममा एमसीसीलाई लिएर कांग्रेका सबै नेता सकरात्मक छन ।

तर सत्ता गठबन्धनसँगको चुनावी तालमेल र पार्टी सञ्चालन बारे भने नेताहरुले असन्तुष्टि व्यतm गरेका छन । एमसीसीका सवालमा सबै पूर्व सरकारले पास गर्ने प्रतिवद्धता अमेरिकासँग गरेकाले एमसीसी पास गर्ने वातावरण बनाउन पर्नेमा कांग्रेसले जोड दिएको छ ।

पार्टी प्रवक्ता समेत रहेका डाक्टर प्रकाश शरण महतले अमेरिकी विदेशमन्त्री डोनाल्ड लुको फोनलाई दवावको रुपमा नभई हामीले गरेको प्रतिवद्धताको कार्यन्वयनमा गरेको ताकेताको रुपमा बुझ्नु पर्ने बताएका छन ।

एमसीसी पास गरेर मात्र निर्वाचनमा जाने रणनीतिमा रहेका देउवाले एमसीसी पास नभएसम्म गठबन्धन र चुनावमा कांग्रेस के गर्छ भन्ने सवालमा टिकाटिप्पणी नगर्न रुलिङ नै जारी गरेका छन् ।

यद्यपि पार्टीको छलफलमा अधिकांश नेताहरुले चुनावमा कांग्रेस एक्लै जानुपर्नेमा जोड दिएका छन । यो विषयमा महाधिवेशन ताका टाढिएका कोइराला दाजुभाई शेखर कोइराला र शशांक कोइराला एकै कित्तामा उभिएका छन ।

अर्कोतर्फ सरकारको काम काजलाई सहज बनाउन गठित उच्चस्तरीय सयन्त्रप्रति पनि नेताहरुले असन्तुष्टि जनाएका छन । पार्टीभित्र छलफल गरेर पार्टीको आधिकारिक धारण बनाउनुपर्नेमा सभापति देउवाले उच्च स्तरीय संयन्त्रलाई प्राथमिकतामा दिएको भन्दै नेताहरुले ध्यानकर्षण गराएका छन ।

एमसीसी, निर्वाचन लगायतका विषयमा वैठकमा सभापति देउवा सहित अझै नेताहरुको धारण राख्न बाँकी छ । कांग्रेस कार्यसम्पादन समितिको वैठक आइताबार २ बजे बस्दैछ ।

कांग्रेसको सम्पादन समितिको वैठकले गठबन्धन, निर्वाचन, एमसीसमिा र सदन सञ्चालन बारे कस्तो निष्कर्ष निकाल्छ सर्वत्र चासोपूर्ण छ । यो वैठकले राष्ट्रिय राजनीतिमा चासोको रुपमा रहेको मुद्धाहरुले संस्थापन पक्षकोे धारण प्रष्ट आउने विश्वास लिइएको छ ।