राजनीति

देउवा–प्रचण्ड र नेपालबीच भेटवार्ता


काठमाडौँ — सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास ९बालुवाटार० मा भेटवार्ता सुरु भएको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको हो ।

नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन गरिनुपर्ने दबाबमा रहेका बेला सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता भइरहेको हो ।