खेलकुद

यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल


काठमाडौँ — ओमानमा जारी चारदेशीय टी–२० क्रिकेट शृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
नेपाली कप्तान सन्दीप लामिछानेले ओमानको अल अमिरात क्रिकेट मैदानमा भर्खरै भएको टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ । विस्फोटक ब्याटर लोकेश बमले डेब्यू गरेको खेलमा तीव्र गतिका बलर जितेन्द्र मुखिया र स्पिनर साहब आलमलाई मौका दिइएको छ ।

शुक्रबार भएको ओमानविरुद्धको खेल खेलेका अभिनाश बोहरा, सागर ढकाल र प्रदीप ऐरीलाई बेन्चमा राखिएको छ ।