राजनीति

भीम रावलले मागे प्रधानमन्त्री देउवाको राजीनामा (भिडियोसहित)

‘एमसीसी नलिए देश सकिन्न, लिए द्धन्द्धमा जान्छ’


काठमाडौँ — नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा मागेका छन् । शनिबार योहो टेलिभिजनको ‘योहो बहस’ कार्यक्रममा नेता रावले प्रधानमन्त्री देउवाले राजीनामा मागेका हुन् ।

अहिले मुलुकमा सर्वाधिक चर्चाको विषय बनेको छ एमसीसी । यतिबेला स्थानीय तहको निर्वाचनका विषयमासर्वत्र चर्चा हुनुपर्ने हो । तर, एमसिसीले स्थानीय तहको निर्वाचनको विषयलाई नै ओझेलमा परेको छ । एमसीसीका विषयमा केही गम्भीर सम्झौता बाहिरिएको विपक्षमा रहेकाहरू बताउँछन् ।

अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेशन) एमसीसीको मुल सम्झौता नै राष्ट्रहित विपरित रहेको भन्दै चर्को विरोध भइरहेका बेला मन्त्रालयहरुमा फरक–फरक गोप्य सम्झौता गरिएको विषय सार्वजनिक भएको छ । जसले एमसीसीमाथिको सशंयलाई झनै बलियो बनाएको छ । सन् २०१९ को डिसेम्बर ६ मा वन तथा वातावरण मन्त्रालय र एमसीए नेपालबीच गोप्य सम्झौता भएको रावलको दाबी छ ।