राजनीति

अमेरिका अघि बढे के-के असर पर्छ नेपाललाई ? के सबै विदेशी सहयोग रोकिने हो ? (भिडियोसहित)

के नेपाल चीनतीर कोल्टिएकै हो ?


काठमाडौँ एमसीसी पास गर्न कुटनितिक दवाव बढाईरहेको अमेरिकाले फागुन १६ भित्र अनुमोदन नगरे नेपाल नीति पुनर्विचार गर्ने बताएको छ । उपाध्यक्ष सुमार, राजदूत वेरी समेत दवावका लागि सक्रिय भईरहेका वेला सहायक विदेशमन्त्री डोनाल्ड लुल नै यस्तो चेतावनी दिएका हुन । आखिर अमेरिकाले नेपालको के कस्ता सहयोग रोक्न सक्छ र त्यसको प्रभाव कस्तो पर्छ ?

प्रधानमन्त्री तथा कांग्रेस सभापती शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षरित पत्रको मिति नजिकिदै गर्दा अमेरिकाले एमसीसी पास गर्न दबाब बढाएको छ । अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार बिहान नेपालका प्रमुख तीन दलका तीन नेतालाई फोन गरेर सम्झौता अनुमोदन गर्न ‘अन्तिम’ आग्रह गरेका छन ।

उनले फागुन १६ भित्र अनुमोदन गर्न र नगरे नेपाल नीति पुनर्विचार गर्ने चेतावनी दिएका हुन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर एमसीसीबारे नकारात्मक निर्णय भए चिनियाँ प्रभाव छ भन्ने आफूहरूले बुझ्ने पनि लुले प्रस्ट पारेका थिए । तर यथास्थितीमा एमसीसी पास गराउन नहुने पक्षमा रहेकाहरु भने अमेरिकाले नेपालको राजनीतिक अवस्था बुझिदिनुपर्ने बताउछन् ।

यसअघि पनि अनुमोदनमा ढिलाइ भएको भन्दै लुले गत मंसिर १–३ मा नेपाल भ्रमण गरेर नेता तथा अधिकारीहरूसँग संवाद गरेका थिए भने भदौ २४–२८ मा एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा आएका थिईन । त्यस्तै चार पाँच महिनामा एमसीसी पास गराउने भनेर गरिएको प्रतिवद्धता पत्रमा भनिए अनुसार काम अघि बढाउन फेब्रुअरी ३ मा पत्र पठाएको अमेरिकाले त्यसपछि पनि प्रधानमन्त्री देउवालाई पाँच बुदे चेतावनी पठाएको थियो । जुन दवाव बुझेको कांग्रेसले भने यसलाई आफ्नो भविष्यसंग समेत जोडेको छ । फलतः जसरी हुन्छ पास गराउने दाउमा कांग्रस देखिएको छ ।

एमसीसी पास नभए युयसएडमार्फत आउने सहयोग, भ्याक्सिन, शिक्षा, स्वास्थ्य गरिवी निवारण जस्ता विषयमा आईरहेको सहयोगमा प्रभाव पार्न सक्ने अमेरिकी संकेत छ । विशेषत : विश्व वैंक एसीयाली विकास बैंक लगायतका अमेरिका निकट संस्थाहरुले गर्दै आएको सहयोगमा प्रभाव पर्ने सम्भावना देखिन्छ । त्यस्तै अमेरिकासंग सहकार्य गर्दै आएका युरोपेली राष्ट्रले लिन सक्ने अडान पनि नेपालका लागि प्रतित्युपादक बन्न सक्छ । युएई लगायतका राष्टहरुसंग जोडिएको श्रम बजारमा अमेरिकि निर्णयको प्रभाव देखिने सम्भावना देखिन्छ । शान्ती सेनाका रुपमा नेपाली सेनाले गरेका कामको चौतर्फी प्रशंसा भईरहेपनि अमेरिकाकै कारण प्रभाव पर्ने त हैन भन्ने प्रश्न पनि उब्जिएको छ । साथै भुटानी शरणार्थीलाई रोक्ने सम्मको चेतावनी अमेरिकाले दिएको बुझिएको छ । जसलाई नकार्न नसकिने जानकारहरु बताउछन ।

एमसीसीको विषयले आगामी दिनमा अमेरिका नेपालको सम्बन्ध पहिलेजस्तो नबन्ने पक्का जस्तै छ । अर्थात ईरान, उत्तर कोरिया या अफगानिस्ताकै जस्तो व्यवहार खेप्नुपर्ने अवस्था नआएपछि नेपालप्रतिको अमेरिकी दृष्टिकोण यसअघिको जस्तो रहने छैन । त्यसो भन्दैमा एमसीसी पास नै गराउनपर्छ भन्ने तर्क हैन, तर विभिन्न चरणमा सम्झौता गर्ने अनि आफैले गिजोलेर अन्तर्राष्ट्रिय सम्बन्ध विगार्ने छुट पनि नेतृत्वलाई हुँदैन ।