राजनीति

कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने


काठमाडौँ — नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी छ ।

सूचना