समाचार

चितवनमा बर्ड फ्लु देखियो,२ सय कुखुरा मरे


काठमाडौँ – पूर्वी चितवनको राप्ती नगरपालिकास्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको छ । कुखुरा भटाभट मर्न थालेपछि माघ २५ मा कुखुराको नमुना परिक्षण गरिएको थियो । परिक्षण गर्दा बुधबार बर्ड फ्लू देखिएको हो ।

फर्ममा भएका २ हजार कुखुरा मध्ये २ सय मरिसकेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । तामाङका अनुसार अहिले बर्ड फ्लु नियन्त्रणका लागि फर्मबाट सय मिटर आसपासका पक्षीहरुलाई नष्ट गर्ने तयारी भइरहेको छ ।