राजनीति

आलोचना सुन्नै नसक्ने, विरोधीलाई भित्तामै पुर्‍याउने यो कस्तो चलन ? (भिडियोसहित)


काठमाडौँ — नेपाली राजनीतिमा पार्टी जुट्ने र फुट्ने क्रम प्रवृत्ती जस्तै बनेको छ । सिद्धान्त र निष्ठाको राजनीति भन्दा व्यक्तिवादी चरित्र र सत्ता प्राप्तीको आकंक्षा हावी बन्दा दलहरु फुट्ने क्रम बढेको हो । फलत : दलहरु सत्ता चढ्ने भर्याङ वा दोकान जस्ता भएका छन ।

कुनै वेला नेकपा माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपा एसीयाकै दोश्रो ठुलो कम्युनिष्ट पार्टीको रुपमा दर्ज भएको थियो । विस्तारै सत्तामा वार्गेनेङ मिलेन र अध्यक्ष केपी शर्मा ओलीले एक्लौटी गर्न थाले । यहि प्रवृत्तीका कारण रन्थनिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रन्थनिए । सदन तात्यो सडक तात्यो अनि मुद्धा अदालतसम्मै पुग्यो । नेकपा पूर्ववत माओवादी र एमालेमा पुग्यो । जसले को कता पुग्ने भन्ने नै निश्चित बनेन । केहि माओवादी नेता एमालेतिर गए । आफूलाई जेटको पाईलट भन्नेहरु छुट्टिए ।

केहि समय पछि एमाले पनि फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि सिंगो नेकपा तिन टुक्रा बन्यो । एमालेभित्र अहिले पनि पूर्वमाओवादीले स्पेस खोजिरहेका छन । यता गिताको कसम खाएर कहिल्यै पार्टी नफोड्ने कसम खाएका राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पनि सभापतीमा भएको हार स्वीकार्न सकेनन् । लामो समय एक्लौटी हैकम जमाएका उनी पार्टी तेश्रो पुस्ताका राजेन्द्र लिङदेनको हातमा पुगेको टुलुटुलु हेर्न सकेनन् । अनन्त उनले पार्टी परित्याग गरे । निर्वाचनको मुखमा पार्टी दुई टुक्रा बन्ने दिशामा अग्रसर छ । यद्यपी उनलाई पनि समेटर लाने प्रयास राप्रपामा जारी छ ।

आन्तरिक विवादबाट साना ठूला सवै दल प्रताडित छन । वैकल्पिक भनिएका दलहरु समेत अछुतो छैनन् । राष्ट्रिय जनमोर्चा केहि दिन अघिमात्र विभाजित भएको छ । नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ । मोहनविक्रम सिंहले नेतृत्व गरेको मूल पार्टी संसदीय व्यवस्थामा फसेको आरोपसहित सो समूहले नयाँ समूह बनाएको हो ।

यस्तै वैकल्पिक भनिएको विवेकशील साझा पार्टी पनि यहि नियतीबाट गुज्रिएको छ । लामो समय दुई संयोजक रविन्द्र मिश्र र मिलन पाण्डेको टसलपछि पाण्डे कारबाहीमा परे भने अहिले रवीन्द्र मिश्र र निर्वाचन आयोगविरूद्ध पाण्डे समूहल सर्वोच्चमा मुद्दा नै दर्ता गराएको छ । यता केहि समय अघिमात्रै फुटेका जसपा र लोसपा पनि पुन फुटको संघारमा पुगेका छन । दुवै दलमा अध्यक्ष एकलौटी ढंगले अघि बढेको भन्दै विवाद छ । यद्यपी यसलाई आन्तरिक संघर्ष भन्दै नेताहरुले ढाकछोप गर्दै आएका छन।

यी उदाहरण हेर्दा सत्ता प्राप्त गर्ने सम्भावनाको कमी, पार्टीभित्र एकव्यक्ति हावी हुने प्रवृत्ती, र अरुको अस्थित्व स्वीकार गर्न नसक्नु मुख्य कारण देखिन्छ । अर्कातर्फ निष्ठा र सिद्धान्तको राजनितीमा आएको स्खलन पनि मुख्य कारण हो । त्यस्तै मौलाउँदो चाकरी र चाप्लुसीको राजनीति पनि यसको अर्को कारण हो । जसले पार्टी भित्रको फरक मतलाई स्वीकार्नै नसक्ने वातावरण सिर्जना गर्छ भने विरोधीलाई समेटर लाने कष्ट नेतृत्वले गर्दैनन् । जसले पार्टी फुटको प्रवृतीलाई बढावा दिईरहेको छ ।