काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयतामा सुधार भएको छ ।
फिफाले विहीबार जारी गरेको नयाँ वरीयता अनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा पुगेको हो । नेपालको ९८२.२२ अंक छ । नेपालले यही महिना अफ्रिकी राष्ट्र मरिससमाथि दुई खेलमा जित निकालेको थियो । वरीयताको शीर्षस्थानमा बेल्जियम छ भने दोस्रो स्थानमा ब्राजिल, तेस्रो स्थानमा फ्रान्स र चौथो स्थानमा अर्जेन्टिना छ । एसियामा शीर्ष तीनमा रहेका इरान, जापान र कोरिया विश्ववरीयतामा २१, २३ र २९ औं स्थानमा छन् ।
दक्षिण एसियामा भारत १०४ औं स्थानमा छ भने माल्दिभ्स १५७ औं स्थानमा छ । त्यस्तै भुटान १८५, बंगलादेश १८६ र पाकिस्तान १९७ स्थानमा रहँदा श्रीलंका २०४ औं स्थानमा छ ।
प्रतिक्रिया